नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ र १० स्थित भारतबाट भन्सार छली ल्याउदै गरेको अबस्थामा प्रहरीले विभिन्न सामान बरामद गरेको छ ।
प्रहरीले नेपालगञ्ज १७ चौलिका चोकमा भारतबाट ई रिक्सामा जडान गरी भन्सार छली ल्याउदै गरेको अबस्थामा ईन्भरटर ब्याट्री र नेपालगञ्ज १० बाट कुलर वाटर पम्प, मोटरसाईकल पार्टस सहित अन्दाजी मुल्य एक लाख त्रिचालिस हजार एक सय) बराबरको सामान बरामद गरेको हो ।
भन्सार छलिको सामान र ढुवानीमा संलग्न सवारी साधन सहित बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाईएको प्रहरीले जनाएको छ ।
2024-06-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार