धनगढी : सुदूरपश्चिम प्रदेश सभाको चौंथो अधिवशन अन्त्य भएको छ ।
बिहीबर राती १२ बजेटबाट लागू हुने गरी प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको चौंथो अर्थात् बजेट अधिवेशन अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्यका लागि प्रदेश सरकारले असार २८ गते नै प्रदेश प्रमुखलाई सिफारिस पत्र पठाएको थियो ।
चौंथो अधिवेशन जेठ १३ गतेबाट सुरु भएको थियो । अधिवेशनभरी आठ वटा बैठक बसेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । उनका अनुसार अधिवेशनभरी कुनै पनि विधेयक पारित भएको छैन ।
2024-07-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार