नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको नवनिर्वाचत कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज एक कार्यक्रमका बीच नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिलाई कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारी, उपसभापति कृष्ण बहादुर कार्की र सचिव सुधांशु कोइरालाले अबिर र खादा लगाएर बधाई दिएका थिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेमा समर बहादुर खत्रीको नेतृत्वमा २० सदस्यीय कार्यसमिति तथा महिला उद्यमीतर्फ मिना डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
त्यस अवसरमा बोल्दै कार्यबहाक सभापति अधिकारीले नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउने विश्वास ब्यक्त गरे । उनले धर्मराउँदै गरेको व्यवसाय र खस्किँदै गरेको मनोबललाई उकास्ने गरी काम गर्न आग्रह गरे । अधिकारीले कांग्रेस बाँके सधैं संघको साथमा रहेको भन्दै संघको आफ्नै भवन बनाउन जग्गा खोजीका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उपसभापति कार्कीले नयाँ नेतृत्वले घरेलु तथा साना उद्योगीहरुको पक्षमा महत्वपूर्ण काम गर्ने विश्वास ब्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष खत्रीले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता ब्यक्त गरे । उनले घरेलु तथा साना उद्योगीको पक्षमा दृढतापूर्वक उभिएर व्यवसायिक हकहितका लागि काम गर्ने बताए । महिला अध्यक्ष डाँगीले संघको आफ्नै भवन नभएकाले भवन बनाउने काम आफूहरुको प्राथमिकतामा रहेको बताइन् । कार्यक्रममा संघका केन्द्रिय सदस्य जीवनाथ सापकोटाले पनि बोलेका थिए । कार्यक्रम सञ्चालन कांग्रेस बाँकेका सचिव कोइरालाले गरेका थिए ।
संघको बरिष्ठ उपाध्यक्षमा किरण कुमार कार्की, महासचिव दीपकराज भण्डारी, कोषाध्यक्ष हुमाशंकर ओली र सचिव नन्दकली कँडेल (खरेल) निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मोहन रिजाल, सलिल खड्का, अर्जुन कुमार चौधरी, अजय कुमार बर्मा, इन्द्रबहादुर खत्री, समिक मोहम्मद मुजर, माधव प्रसाद रिजाल, डिलाराम शर्मा पौडेल, सुमन धिमाल, जित प्रसाद कँडेल, रुद्र बहादुर कँडेल, विधान न्यौपाने, समिता राणा र अर्चना घिसिंग निर्वाचित भएका छन् ।
यस्तै महिला समितिमा बरिष्ठ उपाध्यक्ष विष्णु चौधरी, उपाध्यक्ष पुनम बर्मा, महासचिव रिता चन्द योगी र कोषाध्यक्ष घना खनाल तथा सदस्यहरुमा सरस्वती विष्ट, मिना कुमारी बुढाथोकी र नजिया शर्मा अली निर्वाचित भएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा महेन्द्र मल्ल ठकुरी, सुमन पौडेल र गोपाल अधिकारी चयन भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार