Listen LIVE

माओवादी केन्द्र बाँकेको विस्तारित बैठक शुरु

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको विस्तारित बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्रको बैठक जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदीको प्रमुख अतिथ्यतामा सुरु भएको हो ।

पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चैत ४ गते नेपालगञ्ज पुग्ने योजनामा केन्द्रित भएर बैठक सुरु भएको संयोजक जेम्सले बताए । संयोजक जेम्सले बैठकमा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

बैठक सहिद स्मृति भवन कोहलपुरमा सुरु भएको छ । बैठकमा माओवादी केन्द्रका केन्द्रिय नेता, प्रदेश नेता, जिल्ला कार्यसमिति, पालिका अध्यक्ष, जनवर्गीय संगठनका अध्यक्ष पदाधिकारी, आस्थाका संगठनको पदाधिकारी र पालिका अध्यक्षहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया