Listen LIVE

इजिप्टले २०३० सम्म साढे ३८ करोड खोपको डोज उत्पादन गर्ने

नेपालगञ्ज : इजिप्टले सन् २०३० सम्म करिव ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने लक्ष्य राखेको छ। एकीकृत खरीद, चिकित्सा आपूर्ति र प्रविधि व्यवस्थापनका लागि इजिप्टियन प्राधिकरणका उपाध्यक्ष हेशाम बद्रले राष्ट्रिय खोप रणनीतिको शुभारम्भ समारोहमा सो कुराको जानकारी दिएका हुन्।

खोप निर्माणमा इजिप्टको प्रतिबद्धतालाई इजिप्टियन भ्याक्सिन म्यानुफ्याक्चरर्स एलायन्सले सहयोग गर्नेछ। यो रणनीतिक पहलले स्थानीय क्षमताहरू विकास गर्ने र इजिप्टलाई खोप उत्पादनको लागि क्षेत्रीय केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया