Listen LIVE

बैजनाथमा दुई दर्जन बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रबेश

बैजनाथ (बाँके) : नेपाली कांग्रेसको विचार, नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै दुई दर्जन बढी स्थानीय एमाले कार्यकर्ता कांग्रेसमा प्रबेश गरेका छन् । नेपाली कांग्रेस बैजनाथ ४ का कोषाध्यक्ष अमर बिसीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

बिसीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी एवम नेपाली कांग्रेस बाँकेका युवा नेता तथा महासमिति सदस्य मेघराज ओलीले नव प्रवेसीहरुलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । महासमिति सदस्य ओलीले नेपाली जनताको स्वतन्त्रताका लागि बलिदानी पुर्ण संघर्षको सुनौलो इतिहास रचना गर्न सफल भएको नेपाली कांग्रेसप्रति जनता विश्वास अविरल रहेको बताए ।

महासमिति सदस्य ओलीले  मुलुकमा जतिसुकै दलहरू खोलिए पनि लोकतान्त्रिक आन्दोलनको मियो दल कांग्रेस बिना उन्नतशिल लोकतन्त्रको संस्थागत विकास र नागरिक समृद्धिको सपना साकार नहुने दाबी गरे । नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै युवा नेता ओलीले देशमा हरेक पटकका राजनीतिक क्रान्तिको अगुवाई गरेको पार्टी कांग्रेसले राजनीतिक क्रान्तिको अगुवाई होईन अब आर्थिक क्रान्तिको अगुवाई पनि गर्नुपर्ने कुरामा जोड दिए ।

महासमिति सदस्य ओलीले भौतिक विकास सँग सँगै कांग्रेसले जनताको जीवनस्तर माथी उठाउन  शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार र औद्योगिक विकास लागि थुप्रै नीतिगत काम गरेको उल्लेख गर्दै जनताको अपार विश्वासमा टिकेको पार्टीले अझ धेरै जनपक्षिय काम गर्न बाँकी रहेको धारण राखे । नेपाली कांग्रेस प्रदेश सभा ३ क का सभापति केशव शाहले बाँकेका जनताको आर्थिक स्तर सुदृढ बनाउन सक्ने सिक्टा सिचाई आयोजना र भेरी–बबई डाइर्भसन बहुउद्धेश्यीय आयोजना सफल बनाउन कांग्रेस लामो समयदेखि लागिरहेको औल्याए ।

बैजनाथ–४ का वडाअध्यक्ष समेत रहेका क्षेत्रीय सदस्य प्रेमबहादुर शाहीले वडाको विकासमा आफुहरु कही कतै आग्रही, पुर्बाग्रही नबनेको उल्लेख गर्दै जनताको आवश्यकता लाई उच्च प्राथमिकतामा राखेर भौतिक पुर्वाधार लगायत अन्य सेवाहरु प्रवाह गरेको दाबी गरे । नेपाली कांग्रेस बैजनाथ ४ का युवा नेता कुलबहादुर ओलीले सञ्चालन गरेको कार्यक्रममा क्षेत्रीय सचिव ज्ञानबहादुर ओली, पार्टीका बैजनाथ सभापति देबबहादुर केसी  लगायतले नवप्रवेशीहरुलाई पार्टीमा अबिर लगाएर स्वागत गरेका थिए ।

कोषाध्यक्ष बिसिका अनुसार नेकपा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुमा शेरबहादुर ओली, बिनोद थापा, मानबहादुर बुढा, प्रदीप बुढा, नरेन्द्र धिताल, ज्वाला उपाध्याय, मनिषा बिसी, रामकुमारी रोकाय, रेशमी बुढा, रोयन रोकाय, कृष्ण रावल, नविन शाही, राजकली रोकाय, पदमी बुढा, रामकुमारी रोकाय, यसोदा थापा, बक्र्षम बुढा,  भिमबहादुर बुढा लगायत २ दर्जन बढी रहेका छन् ।

प्रतिक्रिया