Listen LIVE

एकीकृत समाजवादीको बन्दसत्र सुरु

काठमाण्डौ : नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। 

प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ।

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिइन्। महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्।

पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने छ।

प्रतिक्रिया