काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन्। भाइटीकाको अवसरमा सामाजिक सञ्जालमार्फत् आइतबार शुभकामना दिँदै उनले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको बताएका छन्।
उनले भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने बताएका छन्। ‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान पर्व भाइटीका, समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना’, उनको सन्देशमा उल्लेख छ।
2024-11-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार