काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । पाँचौ पटक संसदसँग बिश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री प्रचण्डको प्रस्ताव बहुमतबाट अस्वीकृत गरिदिएको छ ।
सरकारमा सहभागी नेकपा एमाले लगायतका दलहरुले सत्ता समिकरण परिवर्तनका लागि भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपपछि प्रधानमन्त्रीले आज पुनः विश्वासको मत प्राप्त गर्नका लागि संसद समक्ष प्रस्ताव गरेका थिए ।
विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा २५८सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमा ६३ मत परेको थियो भने बिश्वासको मतको विपक्षमा १९४ मत परेको थियो । १ जना सांसद ततस्थ बसेको सभामुख देवराज घिमिरेले बताए ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोयो पाँचौ पटक हो । जेठ ७ गते चौथो पटक प्रधानमन्त्रीले १५७ मत प्राप्त गरेका थिए त्यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।
त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरी गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार