Listen LIVE

बर्दियामा फरार प्रतिवादी पक्राउ

बर्दिया : सवारी ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट १ महिना ११ दिन कैद सजाय पाएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

बर्दिया अदालतबाट ०७९ चैत २९ गतेको फैसलाले उक्त सजाय पाएका बारबर्दिया नगरपालिका–३ मुराहाका अमृतबहादुर थारुलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले बताए ।

उनलाई नियन्त्रणमा लिई जिल्ला अदालत बर्दियामा दाखिला गरिएको उनले जनाए ।

प्रतिक्रिया