काठमाण्डौ : गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा ’इन्टरनेटरी ह्रुप ताजी’ बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो । गायिका सुस्मिता स्याङ्तान चिरपरिचित गायिका हुन् ।
गायिका स्याङ्तानले बिदेशी भुमिमा रहेका युवा र स्वदेशमा रहेका युवतीबिच भएको प्रेमिल कुरालाई गीतमा समावेश गरिएको बताइन । उनले दर्शक एंव स्रोताले गीत मन पराउनेमा आफु विश्वास्त रहेको बताइन् ।
गीतमा धीरज गोलेको शब्द, जोगलाल लामाको संगीत संयोजन रहेको छ भने उनै गायक कुन्साङ दोर्जे लोप्चनको संगीत रहेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन । स्टुडियो २१ मा रेकर्डिङ गरिएको गीतलाई श्याम बहादुर थिङले निर्माण गरेका हुन ।
2024-08-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार