Listen LIVE

सिद्दिकीको निधनमा काँग्रेस बाँकेद्वारा शोक ब्यक्त

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले संविधानसभा सदस्य एवम् पार्टीका राजनीतिक सल्लाहकार अब्दुल हमिद सिद्दिकी (भोला) को निधनमा शोक ब्यक्त गरेको छ । सभापति नारायणप्रसाद गौडेलले आज एक शोक बक्तब्य जारी गर्दै दुःख ब्यक्त गरेका छन् ।

सभापति गौडेलले सिद्दिकीको निधनले पार्टीलाई अपूरणीय क्षती भएको बताए । “उहाँ एक कर्मठ, अनुशासित र इमान्दार नेता हुनुहुन्थ्यो,“ गौडेलले भने–“कांग्रेस बाँकेले एक जना जुझारु नेता गुमाएको छ, हामी निकै दुःखी छौं ।“ 

कांग्रेस बाँकेले सिद्दिकीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । उनको सम्मानमा आज पार्टी कार्यालय बन्द गरिएको र आधा झण्डा झुकाइएको सचिव सुधांशु कोइरालाले बताए ।

प्रतिक्रिया