Listen LIVE

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोक्नु नपर्ने

काठमाण्डौ : सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने भएको छ ।

सरकारले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने व्यवस्था गरेसँगै अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने जानकारी गराए ।

सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराए । उनले डिजिटल पेमेन्ट गर्ने व्यवस्थाले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको भन्दै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको बताए ।

प्रधानमन्त्री ओलीले आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा डिजिटल पेमेन्टको व्यवस्था सुरु हुने बताए ।

उनले नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको भन्दै कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको बताए । “नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको छ । कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ ।”

प्रतिक्रिया