Listen LIVE

अमेरिकाको लस एन्जल्समा आगलागीमा परी ५ जनाको मृत्यु

काठमाण्डौ : अमेरिकाको लस एन्जल्सस्थित जंगलमा आगो लाग्दा कयौँ मानिस हताहत भएका छन्। 

आगलागीमा परी हालसम्म ५ जनाको मृत्यु भएको छ भने मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। लस एन्जल्स काउन्टीका फायर चीफ एन्थोनी म्यारोका अनुसार एन्टाडेनाको ईटनमा भएको आगलागी १० हजार ६ सय एकड जंगलमा फैलिएको छ। 

आगलागीबाट एक हजारभन्दा बढी घर जलेर नष्ट भएका छन् भने आगो नियन्त्रणमा आईसकेको छैन। आगलागीबाट प्रत्यक्ष रुपमा १० हजार मानिस प्रभावित भएको जनाइएको छ। 

आगलागी नियन्त्रणका लागि एरिजोनासहित क्यालिफोर्निया बाहिरबाट अग्निनियन्त्रक मगाइएको छ। आगलागीपछि आपतकाल घोषणा गरिएको छ।

प्रतिक्रिया