Listen LIVE

लेबनानमा इजरायली हवाई आक्रमण : ११ जनाको मृत्यु, ११ घाइते

काठमाण्डौ : दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

एनएनएका अनुसार पूर्वी बालबेक–हर्मेल गभर्नोरेटको खरेबेह गाउँको एक घरमा इजरायली आक्रमणमा एकै परिवारका छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

नबातिह नगरपालिकाका पाँच कर्मचारीहरू पनि नगरपालिकाको गोदामलाई लक्षित गर्ने इजरायली आक्रमणमा मारिएका थिए । इजरायली युद्धक विमान र ड्रोनले दक्षिणी र पूर्वी लेबनानका गाउँ र शहरहरूमा करिब ९० वटा छापा मारेका थिए ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । इजरायलले अक्टोबरको शुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गरेर भूमिगत कारबाही शुरु गरेको थियो ।

लेबनानी स्वास्थ्य मन्त्रालयकाअनुसार अक्टोबर ८, २०२३ मा युद्ध शुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४५२ पुगेको छ र घाइतेहरूको संख्या १४ हजार ६६४ पुगेको छ ।

प्रतिक्रिया