Listen LIVE

जाजरकोटमा भीर बाट लडेर महिला मृत्यु

जाजरकोट : जाजरकोटमा भीर बाट लडेर एक महिलाको मृत्यु भएको छ । भेरी नगरपालिका–१ खहरे पाखा की ५१ बर्षीया पानमता सुनारको  घर नजिकैको जङ्गलमा घाँस काट्न गएको बेला  भीर बाट लडेर मृत्यु भएको हो । 

वडाध्यक्ष दीपक रानाका अनुसार नजिकै घाँस काट्न गएको बेला लडेर गम्भीर घाइते भई जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

जाजरकोटमा रुख र भिरवाट लडेर बर्षेनि ५० भन्दा बढी नागरिकहरूको अकालमा ज्यान जाने गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया