नेपालगञ्ज : नेपाल पत्रकार महासंघको निर्वाचन असार २२ गते हुने भएको छ ।
महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन असार २२ गते हुने तय गरेको हो ।
कार्यतालिका अनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ ।
१३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।
असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
2024-06-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार