Listen LIVE

तीनवटै सरकारको समन्वयकारी भूमिका हुनुपर्नेमा जोड

नेपालगञ्ज : जिल्लास्तरमा तीन वटै सरकारको प्रभावकारी समन्वय बनाउनुपर्नेमा कुरामा जोड दिइएको छ । स्थानीय तह, प्रदेश र संघिय सरकार अन्र्तगतका संरचनाहरुबीच समन्वय र सहकार्यको अवस्थालाई सुदृढ बनाउन जिल्ला समन्वय समितिको भुमिका बढाउनुपर्ने कुरामा जोड दिइएको हो ।

जिल्ला समन्वय समिति बाँकेद्धारा शुक्रबार नेपालगञ्जमा आयोजित जिल्लाका स्थानीय तह, संघिय र प्रदेश अन्र्तगतका सरारकारी कार्यालय तथा गैसस संस्थाविच अन्र्तक्रियाका सहभागीहरुले समन्वयात्मक विकास गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लास्तरमा अहिले तीन वटै सरकारले आ–आफ्नो मनोमानी तरिकाले कार्य गरिरहेकाले उक्त कार्यको प्रभावकारिता नभएको भन्दै निकास विनाको विकास सम्भव नभएको बताए । उनले भने, ‘तीन वटै सरकारको समन्वय छैन, आ–आफ्नो ढंङ्गले विकास निर्माणका काम समेत हचुवाको भरमा हुन्छ, त्यसले लाभग्राहीलाई फाइदा गरेको छैन, कति योजना फर्किएको छ भने कति योजनाको बजेट समेत फ्रिज भएको अवस्था छ ।’ त्यसैले जिल्लास्तरमा सबैले र सबै कार्यालय निकायसंग प्रभावकारी समन्वय भएमा मात्र गुणस्तरीय काम हुने बताए । 

कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जिल्लास्थित समन्वय समिति र स्थानीय तहविचको समन्वन्ध नङ्ग र मासुको समन्वन्ध जस्तो बनाउनुपर्नेमा जोड दिँदै तीनवटै सरकारविचको समन्वय अभावमा नागरिकले फाइदा लिन नसकेको दुःखद कुरा भएको बताए । अध्यक्ष चौधरीले समन्वय समितिको भुमिकालाई प्रभावकारी बनाई अनुगमनको कार्य र सेवा प्रवाह प्रक्रियालाई गुणस्तरिय तथा सुशासनमैत्री बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा समन्वय अधिकारी विक्रम प्रसाद पाण्डेले जिल्ला समन्वय समितिको काम कर्तव्य अधिकार र समन्वयको अवस्थालगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

कार्यक्रममा सहभागी विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधीले कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा समन्वय समितिका उपप्रमुख सिता कार्की, नरैनापुर गाउँपालिका अध्यक्ष इस्त्यिाक अहमद शाह, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय लगायतको उपस्थिती रहेको थियो । 

समन्वय समितिले जिल्लास्तरमा स्थानीय तह र सरकारी कार्यालयको काम कारवाही प्रक्रियालाई प्रभावकारी बनाउन कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया