Listen LIVE

हर्कको ‘जवानी लिलाम भो’

काठमाण्डौ : अमेरिका निवासी  गायक  हर्क चाम्लिङले  नयाँ सांगीतिक सौगात ‘जवानी लिलाम भो’ सार्वजनिक गरेका छन् । मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ । गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् ।

राजनीति भित्रको फोहरको कथामा आधारित रहेर म्युजिक भिडियोको  कथा तयार पारिएको छ । भिडियोमा दिक्पाल कार्की, जी.वी. चिरन, चिरन्जीवी सापकोटा, अस्मिता जुरेली, समीप निरौला, राज कुमार, गौरव हमाल, मनिसा लामा, जितेन्द्र रावल, आशा खत्री, अञ्जु गुरुङ र समिक्षा सानुको अभिनय रहेको छ ।  

राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन  गरेका छन् । देवी राई  निर्मात्री रहेको यस  म्युजिक भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो गायक चाम्लिङको युट्युव च्यानल ’हर्क चाम्लिङ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया