काठमाण्डौ : सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पूर्व सभामुख ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो । आजै ढुंगानाको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
साथै पूर्व सभामुख ढुंगानाको निधनको शोकमा आज देश तथा विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
2024-11-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार