Listen LIVE

ट्राफिक लाइट सञ्चालनमा आएपछि सडक दुर्घटना घट्ने आशा

नेपालगञ्ज : नेपालगञ्जको धम्बोझी चोकमा ट्राफिक लाइट संचालनमा आएको छ। ट्राफिक प्रहरी ईकाई नेपालगन्जका इन्चार्ज बरिष्ठ सई प्रबिण आचार्यले आज दिउसोदेखि ट्राफिक लाइट संचालनमा ल्याएका हुन् ।

पहिलो चरणमा धम्बोझी चोकमा संचालन गरिएको उनले बताए । १० दिन ट्राइल गरेर त्यसपछि बिपी चोकमा जडान गरिएको ट्राफिक लाइट संचालन गरिने उनले बताए ।

तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यास गरेको ट्राफिक लाइट जडान भएको झन्डै एक वर्ष पछि आजबाट पूर्ण रुपमा संचालनमा आएको हो।

यसअघि संचालनमा ल्याइए पनि तयारी पुरा नभएको भन्दै स्थगित गरिएको थियो। अब बिहान ८ बजेदेखि दिउसो १२ बजेसम्म र दिउसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म ट्राफिक लाइट संचालन हुने बरिष्ठ सई आचार्यले बताए ।

ट्राफिक लाइट संचालनमा आएपछि सडक दुर्घटना न्युनिकरण हुने र पैदल यात्रीलाई सडक वारपार गर्न सहज हुने आशा गरिएको छ ।

प्रतिक्रिया