Listen LIVE

पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते

काठमाण्डौ : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएका छन्।

घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो। प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको दाबी गरेको छ। तर पाकिस्तानी अधिकारीहरूले आक्रमणको पुष्टि गरेका छैनन्।

प्रतिक्रिया