नेपालगञ्ज : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले पाँच लाख ६० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
संघका नवनिर्वाचित अध्यक्ष चिरन्जीवी ओलीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि संघका नवनिर्वाचित पदाधिकारी र कर्मचारीहरूबाट पाँच लाख ६० हजार रुपैयाँ संकलन गरिएको जानकारी दिए ।
उनले बाढीपीडितलाई सहयोग गर्नु अहिलेका लागि संघको पहिलो दायित्व भएको जनाउँदै नवनिर्वाचित पदाधिकारीबाट संकलन गरिएको सो रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने बताए ।
संघले हरेक विपत्तिमा सहयोग गर्दै आएको जनाएको छ ।
2026-09-01
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार