कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा गाईलाई बचाउने क्रममा कुखुरा बोकेको मिनी ट्रक दुर्घटनामा परेको छ ।
शनिबार बिहान सडकमा आएको गाईलाई बचाउन चालकले ब्रेक लगाउँदा ना ४ च ५१०५ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ सडक किनारमा पल्टिएको हो । चितवनबाट कुखुरा लिएर धनगढीतर्फ जाँदैगरेको उक्त ट्रकमा करिब १५ क्विन्टल कुखुरा रहेको चालक निरज गुरुङले बताए ।
दुर्घटनाको क्रममा ट्रकमा रहेका कुखुरामध्ये आधाजति च्यापिएर मरेका उनले जानकारी दिए । चालक गुरुङका अनुसार चितवनस्थित ओम त्रिमूर्ति ट्रेडर्सको कुखुरा धनगढी लैजाने क्रममा सडकमा गाई आएपछि बचाउन खोज्दा दुर्घटना भएको हो ।
ट्रकमा चालकसहित दुई जना सवार थिए । दुर्घटनामा चालक गुरुङको हातमा सामान्य चोट लागेको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोली, ट्राफिक प्रहरी र जेसीबीको सहयोगमा पल्टिएको ट्रक उठाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार