नेपालगञ्ज : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि नेपालगन्जका युवा व्यवसायी एवं नेकपा (एमाले) का युवा नेता मोहम्मद सफिक बेहनाले १ लाख ५१ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–४ का पूर्व वडाध्यक्ष समेत रहेका बेहनाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । रकम जम्मा गरेपछि प्राप्त रसिद उनले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई हस्तान्तरण गरेका छन् ।
विपद् तथा दुःखमा परेका नागरिकलाई आफ्नो तर्फबाट सहयोग गर्दै आएका बेहनाले भोटेकोशी बाढीबाट पीडित आमाबुवा, दाजुभाई तथा दिदीबहिनीको राहतका लागि सहयोग गरेको बताए ।
उनले विपद्को समयमा सबैले आ–आफ्नो क्षमता अनुसार सहयोग गरेर प्रभावित परिवारको साथ दिनुपर्ने बताए । आफ्नो सानो सहयोगले पनि पीडित परिवारको राहतमा केही योगदान पुग्ने उनको भनाइ छ ।
रकमको रसिद बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले बाढीपीडितको राहत तथा उद्धारका लागि बेहनाले गरेको व्यक्तिगत सहयोग प्रशंसनीय रहेको बताए। विपद्को कठिन समयमा प्राप्त हुने यस्ता सहयोगले प्रभावितको राहत व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार