काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । शनिवार सो पार्टीको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको सो कदमको विरोध गरेका थिए । उनीहरुले केपी ओली नेतृत्वको सरकारमा दुई तिहाइको घमन्ड बढेको भन्दै उसको कदमले जनताले दुःख पाएको भन्दै आक्रोश पोखेका थिए ।
प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका समेत गरेका छन् ।
2024-10-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार