Listen LIVE

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर

काठमाण्डौ : सशस्त्र प्रहरी बल नेपालको आयोजनामा पतंजली योग समितिले असार ४ गते ‘१०औँ अन्तर्राष्ट्रिय योग दिवस’को अवसरमा प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रंगशालामा योग विज्ञान शिविर संचालन गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको योग विज्ञान शिविरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, पतंजली योग समितिका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सिनियर तथा जुनियर अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो।

महानिरीक्षक अर्यालले शारिरीक रुपमा स्वस्थ्य, मानसिक तवरले शान्त र आध्यात्मिक हुनको लागि योग अभ्यास निकै आवश्यक रहेको बताउँदै योगले राष्ट्रसेवक कर्मचारीहरुलाई समेत उर्जा प्रदान गर्ने बताए। उनले विगत केही वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण युनिटहरुमा अन्तर्राष्ट्रिय योग दिवस तथा अन्य अवसरहरुमा समेत योग अभ्यास संचालन गर्दै आईरहेको चर्चा गर्नुहुँदै सुरक्षा निकायमा गरिने कसरत र अभ्यासले शारिरीक रुपमा तन्दुरुस्त बनाउने र मानसिकरुपमा तन्दुरुस्त हुन योग अभ्यास आवश्यक रहेको बताए।

महानिरीक्षक अर्यालले निकट भविष्यमा समेत सशस्त्र प्रहरी बल नेपाल र पतंजली योग समितिको सम्बन्ध अझै बढि प्रगाढ हुने विश्वास व्यक्त गर्नुहुँदै योग शिविर सञ्चालनमा प्रत्यक्षरुपमा सहयोग पुर्याउनुहुने पतंजली योग समिति तथा योग गुरुहरुप्रति हार्दिक आभार प्रकट गरे।

सोही अवसरमा पतंजली योग पिठका ट्रष्टी ई. शालिग्राम सिंह र पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरे।

प्रतिक्रिया