Listen LIVE

एमालेका महासचिव पोखरेललाई भातृशोक

काठमाण्डौ : नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ। शंकरका दाजु देवी पोखरेलको ७४ वर्षको उमेरमा शुक्रबार राति दाङमा निधन भएको हो। 

उनी लामो समयदेखि मिर्गौलाको समस्याले पीडित रहेको परिवारले जानकारी दिएको छ। नेकपा एमालेका केन्द्रीय सल्लाहकार रहेका स्व. पोखरेल विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिए। 

उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारले जनाएको छ।

प्रतिक्रिया