Listen LIVE

मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्जमा एकजनाको मृत्यु

नेपालगञ्ज : मोटरसाइकल दुर्घटनामा परी नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

नेपालगञ्जबाट कोहललपुरतर्फ जाँदै गरेको बा.५५प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक प्युठान घर भएका ३२ वर्षीय पूर्ण बहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको जनाएको छ ।

दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया