Listen LIVE

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

काठमाण्डौ : नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । एमालेले समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका छन् । एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया