नेपालगञ्ज : लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध निर्वाचित भएका छन् । शनिवार कोहलपुरमा सम्पन्न चौथो क्याबिनेट बैठकबाट जिल्ला ३२५ एन नेपालको सन २०२४–२०२५ का लागि कुँवर निर्विरोध निर्वाचित भएका हुन् ।
सन २०१५ बाट निरन्तर लियो क्लबमा लागि सामाजिक अभियानमा सक्रिय कुँवर गत बर्ष लियो क्लबको जिल्ला कोषाध्यक्ष थिए । नेपालगञ्ज १ धम्बोजी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक सस्थामा आबद्ध छन् ।
नव निर्वाचित कुवरले लियो ३२५ एन नेपाललाई सामाजिक र रचनात्मक कार्यक्रमसहित प्रभावकारी कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
2024-06-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार