काठमाण्डौ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायललाई सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन रोक्न आग्रह गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले रणनीतिक हतियार र सैन्य पूर्वाधार नष्ट गर्ने उद्देश्यले सिरियामा इजरायलले गरेको व्यापक हवाई आक्रमण र सिरिया र इजरायलले कब्जा गरेको गोलान हाइट्स बीचको असैनिकीकृत क्षेत्रमा इजरायली सेना प्रवेशको निन्दा गरे।
सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घनलाई रोक्न जरुरी रहेको बताए। संयुक्त राष्ट्र शान्ति सैनिकहरू बाहेक अलगावको क्षेत्रमा कुनै पनि सैन्य बल हुनु नहुने स्पष्ट पारे। शान्ति सैनिकहरूलाई उनीहरूको काम गर्न स्वतन्त्रता हुनुपर्ने बताए।
सिरियाली जनताको साथमा उभिनु अन्तर्राष्ट्रिय समुदायको दायित्व भएको बताए।
2024-12-21
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार