Listen LIVE

अनैतिक क्रियाकलाप गर्ने चार जना पक्राउ

धनगढी : कैलाली प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा एक पुरुषसहित चार जनालाई पक्राउ गरेको छ । 

गोदावरी नगरपालिका–२ अत्तरियास्थित आदर्श गल्लीको एक कोठाबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ की ६५ वर्षीया महिला, सोही ठाउँकी २८ वर्षीया महिला, गोदावरी नगरपालिका–३ का ३७ वर्षीय पुरुष र गौरीगङ्गा नगरपालिका–१ की ३४ वर्षीया महिला रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटेको प्रहरी टोलीले चेकजाँच गरेको थियो । उनीहरूले आदर्श गल्लीमा घर भाडामा लिएर अनैतिक क्रियाकलापमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । 

उनका अनुसार अनैतिक क्रियाकलापमा संलग्न रहेका एक पुरुष र तीन महिला गरी चारै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइरहेको छ ।

प्रतिक्रिया