Listen LIVE

भारतको तमिलनाडुमा पटाका कारखानामा विस्फोट हुँदा ६ जनाको मृत्यु

काठमाण्डौ : भारतको तमिलनाडु अन्तरगत विरुधु नगरमा रहेको पटाका कारखानामा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा धेरै मानिस घाइते भएका छन् । विरुधु नगर जिल्लाको सत्तुर क्षेत्रमा रहेको पटाका कारखानामा विष्फोट भएको हो ।

मृत्यु हुनेमा कारखानाका ६ जना कर्मचारी रहेका छन् । मिडिया रिपोर्टका अनुसार फ्याक्ट्रीमा चारवटा कोठा थिए, जुन विस्फोटपछि भत्किएको थियो । जानकारी पाएलगत्तै दमकल घटनास्थलमा पुगेर केही घाइतेलाई अस्पताल भर्ना गरेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको तर सर्ट सर्किटका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

तमिलनाडुको विरुधुनगर जिल्लामा धेरै पटाका कारखानाहरू छन् र यहाँ धेरै दुर्घटनाहरू भएका छन् । गत वर्ष दुर्घटनापछि मुख्यमन्त्री एमके स्टालिनले पटाखा कारखानामा सुरक्षा नियमको छानबिन गर्न निर्देशन दिएका थिए । तर, यति हुँदाहुँदै पनि दुर्घटना रोकिएका छैनन् ।

प्रतिक्रिया