काठमाण्डौ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरिबीमाथिको अपमानबाट जोगिन आफ्नो देश बनाउने अभियानमा आफैँ जुट्न आग्रह गरेका छन्।
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि विदेशी अनुदान रोकिएको विषयमा प्रतिक्रिया दिँदै त्यस्तो अनुदानको ७९ प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको पनि उल्लेख गरेका छन्।
‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिसत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन्’, पोखरेलले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, ‘त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि।’
उनले अगाडि लेखेका छन्, ‘गरिबीमाथिको अपमानवाट जोगिन आफ्नो देश आफैँ बनाउने अभियानमा जुटौँ र भनौँ, हामी बनाउँछौँ हाम्रो देश नेपाल।
2025-02-21
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार