नेपालगञ्ज : उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यमान चुनौतीहरू पार गर्न वर्तमान सरकार निर्माण भएको बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र दिगो विकासका लागि बलियो सरकारको आवश्यकता महसुस भएपछि कांग्रेस–एमालेको गठबन्धन सरकार निर्माण भएको बताए । सिंहले सङ्घीयता अनुरुप हुने गरी संविधान संशोधनको गृहकार्य सुरु भएको उल्लेख गरे । जनताका आकाङ्क्षा सम्बोधन गर्न सरकार प्रयत्नशील रहेको बताउँदै उनले विकास, सुशासन र स्थिरता सरकारको मुख्य लक्ष्य भएको बताए । कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिंहले पार्टीलाई बलियो बनाउने गरी क्रियाशील रहन नेता कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले पनि बोलेका थिए । त्यसअघि कांग्रेस नेता कार्यकर्ताले विभिन्न जिज्ञासा राखेका थिए । कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सञ्जु कुमारी चौधरीले गरेकी थिइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार