नेपालगञ्ज : लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज तथा मातहत इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जिल्ला बर्दिया बाँसगढी नगरपालिक वडा नं. ३ लक्ष्मणपुर बस्ने बर्ष अन्दाजी २८ को उमेश खत्री र निजको श्रीमती बर्ष अन्दाजी २५ की अनिता खत्री रहेका छन् ।
लागुऔषध कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको सयुक्त प्रहरी टोलीले निजहरुको घरमा खानतलाशी लिँदा भान्छा घरको झ्यालमा लुकाई छिपाई राखेको अवस्थामा १०.८८० ग्राम लागु औषध ब्राउन सुगर फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
खानतलासीको क्रममा लागुऔषध सँगै डिजिटल तराजु १ थान र बाह्र हजार नौ सय साठी रुपैयाँ प्रहरीले बरामद गरेको छ । उनिहरुलाई इलाका प्रहरी कार्यालय मोतिपुरमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार