नेपालगञ्ज : प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) ले हालसम्मकै पहिलो जित हासिल गरेको छ । एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी हुँदै एमालेलाई इतिहासमै पहिलो पटक जित दिलाएका हुन् ।
राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठलाई पाँच हजार ९४६ मतान्तरले पराजित गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगञ्जका अनुसार राईले २४ हजार ६२८ मत प्राप्त गर्नुभयो भने श्रेष्ठले १८ हजार ६८२ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइराला १७ हजार ५९६ मतसहित तेस्रो स्थानमा रहे ।
यसअघि तत्कालीन मधेशी जनअधिकार फोरम र जनता समाजवादी पार्टी नेपालबाट दुई पटक सांसद भइसकेका राई विजयपछि मतदाताप्रति आभार व्यक्त गर्दै विकासका बाँकी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले देशभरि पार्टीका शीर्ष नेताहरू पछि परिरहेको अवस्थामा पनि बाँके–२ मा एमालेले पहिलो पटक इतिहास रचेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार