नेपालगञ्ज : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरुङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताए ।
‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो ।’ महासचिव पोखरेलले भने,”हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ ।”
मिनहादुर गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको दाबी गर्दै महासचिव पोखरेलले गुरुङ जोडिएको ललिता निवास प्रकरण सँग एमालेले लगेको कीर्तिपुर को जग्गाको कुनै साइनो नभएको बताए । एमालेलेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार