नेपालगञ्ज : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बाँकेले पनि पार्टीका संस्थापक नेता, पूर्व पार्टी सभापति कोइरालाको जन्मजयन्तीका अवसरमा आज नेपालगञ्जमा विचार गोष्ठी र माल्यार्पण कार्यक्रम गरेको छ ।
विहान बीपी चोकमा वीपीको शालिकमा माल्यार्पण र दिउँसो पार्टी कार्यालयमा ’बीपीको समाजबाद र आजको सन्दर्भ’ विषयक विचार गोष्ठी गरिएको हो । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको थियो ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा माल्पार्पण कार्यक्रम सम्पन्न भएको थियो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभापति गौडेलले बीपीको शालिकमा माल्यार्पण गरेका थिए । त्यसक्रममा बोल्दै उनले बीपीको आदर्श नेपाली राजनीतिका लागि पाठशाला भएको बताए । बीपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उनले बीपीको आदर्श कांग्रेसको गहना भएको बताए ।
पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले करीब ५० बर्ष अगाडि बीपीले अपनाएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए । उनले बीपीको समाजवादको समयसापेक्ष प्रयोग र ब्याख्या हुनुपर्नेमा जोड दिए । उनको नीति र आदर्श अहिले पनि उत्तिकै ब्यहारिक रहेको बाल्मिकीको भनाई छ ।
कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सोपकोटा (चौधरी), महासमिति सदस्य एवम् महिला संघ केन्द्रीय सदस्य भारती जोशी, महासमिति सदस्य देव बहादुर खत्री, पार्टीका राजनीतिक सल्लाहकार हुर्मत न्यौपाने, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेश गुप्ता र नकी खाँ, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, प्रदेशसभा १ (क) का सभापति अम्मर बहादुर बुढाथोकी, कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाह, बैजनाथ सभापति देव बहादुर केसी, नेपालगञ्ज ११ का वडा सभापति ऋचा द्विेदी, राप्तीसोनारी ५ का वडा सभापति बालकृष्ण थारु र नेपाल प्रजातन्त्र सेनानी संघ बाँकेका अध्यक्ष रामेश्वर कँडेलले बीपीबारे चर्चा गरेका थिए ।
जिल्ला उपसभापति अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सहसचिव रेनु सिंह ठाकुरले गरेकी थिइन् । गोष्ठीमा जिल्ला उपसभापति कृष्ण कार्की, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव विनोद कुमार थारु, प्रबक्ता डिल्ली गिरी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार