काठमाण्डौ : श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ ।
डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९एन–एओएम को ८० सिटे विमान थपेको हो ।
उक्त विमान अमेरिकाबाट क्यानडा–इजिप्ट–ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो ।
श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् ।
८० सिटको क्यु ४००–८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक(कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए ।
सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००/७०० तथा क्यु ४००– गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।
2024-06-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार