Listen LIVE

डुडुवामा चार दिन शैक्षिक बिदा

डुडुवा (बाँके) : गर्मी निरन्तर उच्च रहेपछि बाँकेको डुडुवा गाउँपालिकाले पुनः शैक्षिक बिदा दिएको छ । पालिकाले शुक्रबार एक सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण चार दिन शैक्षिक बिदा दिएको हो ।

जारी सूचनामा अत्याधिक गर्मीका कारण यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरु २०८१ असार २ गते आईतवारदेखि २०८१ असार ५ गते बुधवारसम्म प्रशासनिक कार्य बाहेक शैक्षिक संस्थाहरु बन्द हुने उल्लेख छ ।

गर्मीकै कारण पालिकाले यसअघि पनि विद्यालय बिदा गरेको थियो । जेष्ठ १८ गतेदेखि जेष्ठ २२ गतेसम्म पाँच दिन शैक्षिक संस्था बन्द गरेको थियो ।

प्रतिक्रिया