Listen LIVE

चलचित्र ‘एक्लो’ १७ पुसमा आउने

काठमाण्डौ : प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’को प्रदर्शन मिति तय भएको छ ।

निर्माताले ‘एक्लै बाँच्नु खुरुखुरु’ बोलको प्रवर्धन गीत युट्युबमा सार्वजनिक गर्दै १ जनवरी, २०२६ अर्थात १७ पुस लाई रिलिज डेटको रुपमा घोषणा गरेका हुन् ।

सार्वजनिक गीतमा रोहित शाक्यको संगीत, स्वप्नील शर्मा कम्पोज तथा शब्द र शान्तिश्री परियारको आवाज छ । गीतको भिडियोमा अभिनेत्री समेत रहेकी कविता नेपालीको नृत्य छ ।

गीत र नृत्यको भाव आकर्षक लाग्छ । यो डान्सिङ ट्रयाकमा कविता र कोरस कलाकारलाई प्रस्तुत गरिएको छ । यो गीत रिलिज भएसँगै मेकरले फिल्मको प्रवर्धन थालेको जानकारी दिएका छन् ।

पटकथा लेखन तथा निर्देशन प्रदीप शाहीको छ । फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ ।

प्रतिक्रिया