रुकुमपश्चिम : रुकुमपश्चिममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ८ घोरखानी निवासी ६७ वर्षीया झुपा देवी रोकाको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।
मकै गोड्न बारीमा गएको बेला लत्रिएको विद्युतको तारले रोकालाई करेन्ट लागेको थियो ।
उनका अनुसार करेन्ट लागेर सोही ठाउँका ६० वर्षीया सुशीला ओली र ३२ वर्षीया जमुना बुढाथोकी घाइते ुभएका छन् ।
रोकालाई करेन्ट लागेपछि तान्न जानुभएका ओली र बुढाथोकी घाइते भएको प्रहरीको भनाइ छ । दुबैजना घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।
2024-06-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार