Listen LIVE

मन्त्री बादशाहलाई कांग्रेस बाँकेको स्वागत र बधाई

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले नवनियुक्त मन्त्री बादशाह कुर्मीलाई स्वागत गर्दै बधाई ज्ञापन गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारीले लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री कुर्मीलाई अबिर र खादा लगाएर स्वागत गरेका हुन् । 

मन्त्री कुर्मीलाई सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद कुमार थारु लगायतले स्वागत गरेको कार्यालय सचिव अमित कँडेलले बताए । 

त्यसक्रममा कार्यबहाक सभापति अधिकारीले पार्टीको शीर उँचो हुने गरी जनआकांक्षा बमोजिम काम गर्न मन्त्री कुर्मीलाई आग्रह गरे । मन्त्री कुर्मीले जनताको मन जित्ने गरी जनहितमा काम गर्ने दृढता ब्यक्त गरे । 

बाँकेको प्रदेशसभा क्षेत्र नम्बर ३(२) बाट प्रत्यक्ष निर्वाचित सांसद कुर्मी पहिलोपटक मन्त्री बनेका हुन् । उनी पहिलो र दोस्रो दुबै संविधानसभामा सदस्य थिए ।

प्रतिक्रिया