नेपालगञ्ज : जननेता मदन भण्डारीको ७३औँ मदन जन्म जयन्तीको अवसरमा नेकपा एमाले बाँके जिल्ला कमिटीले जिल्लाभर एकैदिन २५ सय बिरुवा लगाएको छ । शुक्रबार एकैदिनमा जिल्ला कमिटीको आह्वानमा आठवटै पालिकामा वृक्षरोपण गरिएको सचिव बलराम भट्टराईले जानकारी दिए ।
कार्यक्रम भव्यताका साथ सम्पन्न भएको र हरियाली गाउँ शहर निर्माणमा बृक्षारोपणले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । स्वस्थ सुन्दर र हरियाली बाँके जिल्ला बनाउने उद्देश्यका साथ झण्डै २५ सय को सङ्ख्यामा विभिन्न प्रजातिका बिरुवाहरू लगाइएको हो ।
आफ्नो सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण नेता कार्यकर्ता जनवर्गीय संगठनका सबै र आम जनसमुदायलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको छ ।
मदनकुमार भण्डारी (वि.सं. २००९–२०५०) नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का नेता थिए । जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो ।
लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार