Listen LIVE

घनश्याम भूसाल भन्छन् : माओवादीमा जाँदैनौँ, नयाँ पार्टी बनाउँछौँ

काठमाण्डौ : नेकपा एसका महासचिव घनश्याम भूसालले माओवादीसँग पार्टी एकतामा नगई वाम आन्दोलनको नयाँ पार्टी बनाउने बताएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै भूसालले देशभक्ति वामपन्थी मोर्चा बनाउने र त्यसलाई अगाडि बढाएर समाजवादी बाटोमा अघि बढ्ने बताएका छन्।

’यो पार्टी नेकपा एकीकृत समाजवादीमा रहेका नेताहरूको मात्र होइन सम्पूर्ण वामपन्थीहरूको पार्टी हुनेछ,’ भूसालले पत्रकार सम्मेलनमा भने ।

आजै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना आठ दलको आज काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम हुँदैछ। उनीहरूले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा राख्ने सहमति गरेका छन् ।

नयाँ बन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ । तर नेकपा एसमा नेता झलनाथ खनाल, महासचिव भूसाललगायतका नेताहरू र माओवादीतर्फ सचिवालय सदस्यद्वय जनार्दन शर्मा र राम शर्मालगायत भने एकता प्रक्रियामा सहभागी नभई छुट्टै अभियान चलाउने बताएका छन् ।

प्रतिक्रिया