काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा सगरमाथा संवादको मिति घोषणा गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना हुने प्रधानमन्त्री ओलीले घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आयोजना आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले सगरमाथा संवादमा सहभागी हुन अन्तर्राष्ट्रिय नियोग र संघसंस्थालाई आग्रह गरेका छन् ।
घोषणा समारोहमा विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय नियोगका दूतहरू, सरोकारवाला निकायहरू र जलवायु परिवर्तन विज्ञहरू उपस्थित थिए ।
एचष्mभ ःष्लष्कतभच इष्’िक बललयगलअझभलत तय यचनबलष्शभ भ्खभचभकत म्ष्बयिनगभ ाचयm २लम तय ४तज ःबथ२०७६ सालमा आयोजना गर्ने भनिएको सगरमाथा संवाद कोभिड–१९ कारणले रोकिएको थियो । जलवायु परिवर्तनको मुद्दालाई विश्मै नेतृत्वदायी र जलवायु न्यायका लागि पैरवी गर्न सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार