Listen LIVE

नेतन्याहुले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन

काठमाण्डौ : दमास्कसको दक्षिणी क्षेत्रमा सिरियाको अन्तरिम सरकारी सेनाको उपस्थितिलाई अस्वीकार गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको हालैको टिप्पणीको प्रतिक्रियामा दक्षिणी सिरियाभर विरोध प्रदर्शन शुरु भएको छ।

आइतबार एक सम्बोधनमा नेतन्याहुले इजरायलले एचटीएस (हयात तहरीर अल–शाम) सेना वा नयाँ सिरियाली सेनालाई दमास्कसको दक्षिणी क्षेत्रमा प्रवेश गर्न नदिने बताएका थिए। उनले दक्षिणी सिरियाको पूर्ण सैन्यमुक्तीकरणमा जोड दिएका थिए।

जसले देशभर व्यापक आक्रोश बढाएको छ। स्वेइदा, दारा, दमास्कस र कुनेइट्रालगायत धेरै सिरियाली शहरहरूमा प्रदर्शनहरू भएका छन्।

प्रतिक्रिया