Listen LIVE

चट्याङ लागेर दाङमा बालकको मृत्यु

दाङ : दाङमा चट्याङ लागेर १० बर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी सुवास विकको मृत्यु भएको हो।

सोमबार साँझ ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेको समयमा उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए।  

चट्याङ लागेर घाइते भएका विकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे।

प्रतिक्रिया